बुधबार, असोज २३, २०८१

लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा शर्मा सर्वसम्मत

नेपालखोज २०७९ पुष २७ गते १४:१२

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा बुधबार शीर्ष नेता महन्थ ठाकुर, राजेन्द्र महतो र शरदसिंह भण्डारीको उपस्थितिमा महोत्तरीबाट चुनाव जितेका शर्मालाई दलको नेता चयन गरिएको हो ।

जीतेन्द्र सोनललाई किनारा लगाउँदै शर्मा दलका नेता बनेका हुन् । मधेस प्रदेशमा लोसपाका ९ जना सांसद छन् ।

प्रतिक्रिया