बिहीबार, वैशाख १३, २०८१

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ४३ पुगे

नेपालखोज २०७७ साउन ८ गते १४:१३

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जना व्यक्तिको मृत्यु भएको छ ।

वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचाररत् वीरगञ्ज निवासी ७० वर्षीय वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

गत मंगलबार अस्पतालमा भर्ना भएको वृद्धमा स्वासप्रस्वासमा समस्या रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । उपचारको क्रममा मंगलबार दिउँसो ४ बजे मृत्यु भएको उनको बुधबार राति कोरोना पोजेटिभको रिपोर्ड आएको हो ।

गए राती मृतकसहित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया