मंगलबार, असोज १२, २०७८

वाग्मती प्रदेशको छैटौं अधिवेशन आजदेखि अन्त्य हुने

नेपालखोज २०७७ साउन ८ गते १६:००

हेटाैंडा । वाग्मती प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । बजेट अधिवेशनसमेत भनिने छैटौँ (वर्षे) अधिवेशनको आज राति १२ बजेदेखि अन्त्य हुने भएको हो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आज रातिदेखि वर्षे अधिवेशन अन्त्यगर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने व्यवस्थाअनुरुप अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष सिफारिस गरिएको सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए ।  रासस

प्रतिक्रिया