शुक्रबार, वैशाख ७, २०८१

पछिल्लो चौबीस घण्टामा २८८ संक्रमित थपिए, उपत्यकामा मात्रै १२९

नेपालखोज २०७७ चैत २७ गते १६:५०

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा २८८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १२७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ ।

हाल देशभर २ हजार ६ सय १५ जना सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घन्टामा ४ हजार ७१ पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ ।

काठमाडौँ उपत्यकामा शुक्रबार थप १२९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँका ११७, ललितपुरका ९ तथा भक्तपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया