शनिबार, वैशाख ८, २०८१

काठमाण्डौंमा एक युवतीमाथि एसिड प्रहार

नेपालखोज २०७७ साउन ९ गते ६:३५

काठमाण्डौं । काठमाण्डौंमा हिजो बेलुकी एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भएकी युवतीमाथि सोल्टी दोबाटोमा एसिड प्रहार भएको प्रहरीले जनाएको छ । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

बजारबाट दही किनेर फर्किँदै गर्दा बेलुकी पौने सात बजेतिर एक व्यक्तिले उनीमाथि एसिड छ्यापेको हो । एसिडले पोलेपछि उनी चिच्याउँदै दौडेर कोठा पुगेकी थिइन् ।

उनको दायाँ भागको कपाल, गाला र घाँटीको केही भागमा एसिड परेको छ । ती युवतीले एसिड प्रहार गर्ने व्यक्तिले मास्क लगाएको र आफूले नचिनेको जानकारी प्रहरीलाई दिएकी छिन् । आक्रमणकारी युवक सिसी क्यामेरामा देखिएको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया