बुधबार, वैशाख २६, २०८१

भारतमा कोरोना कहर: एकै दिन झन्डै ५० हजार नयाँ संक्रमित थपिए

नेपालखोज २०७७ साउन ९ गते १४:३८

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार ३ सय १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ८७ हजार ९ सय ४५ पुगेको थियो ।

बिहीबार कोरोना संक्रमणको कारण एकै दिनमा ७ सय ४० जनाको मृत्यु भएको छ । त्यसैसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार ६ सय १ पुगेको हो ।

दक्षिण एसियाको सबैभन्दा बढी कोरोना प्रभावित भारतमा अहिले पनि ४ लाख ४० हजार १ सय ३५ जना संक्रमित अवस्थामै रहेका छन् भने ८ लाख १७ हजार २ सय ९ जना संक्रमणमुक्त भएका छन् ।

भारतको महाराष्ट्र राज्यमा सबैभन्दा बढी ३ लाख ४७ हजार ५ सय २ जना संक्रमित भएका छन् । अन्य राज्यको तुलनामा भारतको तमिलनाडु, दिल्ली, आन्ध्र प्रदेश, कर्नाटका र तेलङ्गानामा कोरोना संक्रमितहरु बढी छन् ।

प्रतिक्रिया