मंगलबार, वैशाख ११, २०८१

गल्फ प्रतियोगिताको उपाधि सुनील कार्कीलाई

नेपालखोज २०७७ फागुन २३ गते १०:३७


काठमाडौं । स्वर्गीय आङ्ग छिरिङ शेर्पा स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीले हात पारेका छन् ।

आङ्ग छिरिङ शेर्पा स्मृति प्रतिष्ठानले विभिन्न १० विधामा खेलहरु खेलाएको थियो ।

उक्त प्रतियोगितामा ४१ अंकका साथ पहिलो हुने कार्कीले उपाधिसँगै यती माउन्टेन होम कोङ्दे एवं सोलुखुम्बुमा ४ जनाको लागि ब्रेकफास्ट गर्ने अवसर पाएका छन् ।

ब्रेकफास्टका लागि काठमाडौंबाट एअर डाइनेस्टीको हेलिकप्टर राइडको सुविधासमेत हुनेछ ।

त्यसैगरी हृदेश कुमार सिंहले प्रतियोगितामा ३४ ग्रस अंक बटुल्दै बेस्ट ग्रसको उपाधि जितेर मोक्ष मुस्ताङ्गमा ब्रेकफास्ट, लन्च र डिनर सहित २ जनालाई २ रात ३ दिन बस्ने मौका पाएका छन् ।

प्रतिक्रिया