बिहीबार, वैशाख १३, २०८१

वीरगञ्जमा कोरोना संक्रमित वृद्धाको मृत्यु

नेपालखोज २०७७ साउन ९ गते १४:४८

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।

डा. सिंहका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् ।

साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ । यद्यपी स्वास्थ्य मन्त्रालयले भने यसको आधिकारीक पुष्टि गर्न बाँकी छ ।

प्रतिक्रिया