बिहीबार, वैशाख १३, २०८१

वीरगञ्जमा कोरोना संक्रमणबाट १७ वर्षिया युवतीको मृत्यु, मृतकको संख्या ४५ पुग्यो

नेपालखोज २०७७ साउन ९ गते २१:३५

काठमाडौं । कोरोना संक्रमतबाट वीरगञ्जमा एक १७ वर्षिया युवतीको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पतालको ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनकको आरडिटी परीक्षण गरिएको थियो ।

रिपोर्टमा आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार पीसीआर परीक्षण पनि पोजेटिभ आएको छ । बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको निधन भएको छ ।

त्यस्तै शुक्रबार बिहान नारायणी अस्पतालमा उपचारको क्रममा वीरगन्ज महानगरपालिका ११ श्रीपुर रानीघाटका ८५ वर्षीय महिलाको निधन भएको थियो ।

प्रतिक्रिया