शुक्रबार, वैशाख १४, २०८१

नागपञ्चको दिन गर्न नहुने कार्यहरु

नेपालखोज २०७७ साउन १० गते ७:३०

साउन महिनाको शुक्ल पंचमीलाई नागपञ्चमीको रुपमा मनाइन्छ । पञ्चमी तिथिमा नाग देवताहरुको पुजा सबैभन्दा महत्वपुर्ण मानिन्छ । भगवान शिवलाई नागको देवता मानिने भएकोले नागपंचमीको दिन जिवित सर्पलाई नभई नागदेवताको प्रतिमाको पुजा गर्नुपर्छ ।

नाग पञ्चमीको दिन भगवान शिवको साथमा नागदेवको पनि आराधना गर्दा विशेष फल प्राप्त हुनेछ । तर नागदेवको प्रतिमाको पुजा मन्दिर वा घरमा गर्नुपर्छ । यसको साथै जिवित सर्पलाई दुध पिलाएर प्रतिमामा दुध अर्पित गर्नु शुभ मानिन्छ । आजको दिन गर्न नहुने कार्यहरुः

१. यस दिनमा जमीन खन्नु हुँदैन । जमीन खन्नुलाई अशुभ मानिएको छ ।

२. नागपंचमीको दिनमा धर्तीमा हलो जोत्नु हुँदैन ।

३. यस दिनमा सियोमा धागो पनि हाल्न हुँदैन ।

४. यसदिन आगोमा तावा र फलाम चढाउनु हुँदैन चढाएमा अशुभ मानिन्छ ।

प्रतिक्रिया