शनिबार, जेठ ५, २०८१

कन्या राशिका लागि वर्ष-२०२३ कस्तो रहनेछ ?

नेपालखोज २०७९ पुष ४ गते ९:१२

कन्या राशिका व्यक्तिहरुका लागि यो वर्ष धेरै हिसाबले आशाप्रद रहनेछ । दाम्पत्य जीवनमा केही समस्या सृजना हुने देखिन्छ भने ठूलो जिम्मेवारी पनि प्राप्त हुनसक्छ । कन्या राशि भएका महिलाहरूका लागि यो वर्ष स्वरोजगारको क्षेत्र निकै सफल रहनेछ । तपाईं राम्रो व्यवसायी साबित हुन सक्नुहुन्छ ।

पारिवारिक स्थिति : आफ्नो परिवारका बारेमा चिन्तित हुनुपर्नेछ । परिवारको बाताबरण बिगार्ने धेरै कुरा हुनसक्छन् । तपाईको व्यवहार पनि मानिसहरुको समझभन्दा बाहिर हुनेछ।

नोकरी तथा व्यापार : यो वर्ष कन्या राशिका व्यक्तिहरूले व्यापारमा राम्रो नतिजा पाउनेछन्। अगाडी बढ्ने नयाँ अवसर जुटनेछ । न‍ोकरी खोज्ने तथा ब्यापार – ब्यबसाय गर्ने दुबैले सफलताको अवसर प्राप्त गर्नेछन् । वर्षको प्रारम्भमा कामका केही राम्रा योग देखिन्छ ।

वैवाहिक स्थिति : यो वर्ष कन्या राशिका विवाहित व्यक्तिहरुको दाम्पत्य जीवनमा मिश्रित फल प्राप्त हुनेछ । वर्षको सुरुवात अलिकति तनावपूर्ण हुन सक्छ।

प्रेम जिवन : वर्षको शुरुमा सावधानी अपनाउनु पर्नेछ । जनवरी महिना तपाईको प्रेम जीवनमा प्रतिकूल रहने सम्भावना छ। प्रियजनसँग कुनै कुरामा विवाद हुनसक्छ । स्वास्थ्य स्थितिे : यो वर्ष स्वास्थ्य सम्बन्धी चिन्ता बढनेछ। जनवरी, अप्रिल, जुन तथा सेप्टेम्बर महिनाहरूमा सानातिना रोगहरूबाट जोगिन थप सावधानी अपनाउनुपर्नेछ।

शिक्षा तथा करियर : शिक्षा क्षेत्रमा सामान्य नतिजा मिल्नेछ । मेहनतको फल मिल्नेभएकाले पढाइमा मात्र ध्यान दिने प्रयास गर्नुहोला । यदि तपाईं उच्च शिक्षाको क्षेत्रमा हुनुहुन्छ भने अगस्टदेखि अक्टोबर महिना उत्तम महिना हुन सक्छ। अध्ययनका लागि विदेश जाने सपना देख्नुभएको छ भने केही कठिनाइहरूको सामना गर्नु पर्नेछ।

धन – सम्पत्ति : वर्षको मध्यमा जीवनसाथीको सहयोगमा ठूलो सवारी साधन किन्ने सम्भावना छ । पैसाका मामिलामा उतारचढाव देखापर्न सक्छ । आर्थिक संकटबाट जोगिन बुद्धिमानीपूर्वक धन खर्च गर्नुहोला ।

बिशेष सावधानी : माथि उल्लेखित जानकारी प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया