नेपाल रेडक्रसमाथि कडा कारवाही गर्ने मन्त्री गुरुङको चेतावनी
नेपालखोज
२०७७ साउन १० गते १४:५९
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाल रेडक्रस सोसाईटीमाथि कडा कार्वाही हुने चेतावनी दिएकी छन् ।
नेपाल रेडक्रस सोसाईटीमाथि अर्बौको चल र अचल सम्पत्ति हिनामिना गरेको आरोप लागि रहेका बेला मन्त्री गुरुङले नेपालको कानुनलाई नै चुनौति दिने काम गरेकाले रेडक्रसलाई कार्वाही गर्नैपर्ने अवस्था आएको पनि स्पष्ट पारिन् ।
लायन्स क्लव अफ चन्द्रागिरी मण्डलाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालको कानुन नमान्ने, पारदर्शी ढंगले नचल्ने रेडक्रसजस्ता विवादित संस्थामाथि कार्वाही हुने बताइन् ।
एकीकृत सामाजिक विकास ऐन ल्याएर सामाजिक संघ, संस्थाहरुको हरेक गतिविधिलाई पारदर्शी र सुशासनयुक्त बनाईने उनको भनाइ छ ।
सम्बन्धित

प्रतिक्रिया