गोविन्दराज जोशी सहित ३ जना कांग्रेसबाट निष्काशित
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी सहित तीन जनालाई पार्टीबाट निष्काशन गरेको जनाएको छ ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङदेम्वेको अध्यक्षतामा बसेको वैठकले जोशी सहित कैलाली जिल्लाका पूर्व महासमिति सदस्य एवं पूर्वराज्य मन्त्री पुष्करनाथ ओझा, डडेल्धुरा पार्टीका सचिव रामबहादुर विष्ट तीन जनालाई पार्टीबाट निष्कासन गरिएको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उनीहरुलाई स्थानीय, प्रदेश र संघीय निर्वाचनको क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लगाएर पार्टीबाट निष्कासन गरेको जनाएको छ ।
नेपाली कांग्रेसद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । स्थानीय, प्रदेश एवं संघीय निर्वाचनको क्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुबाट आधिकारिक उम्मेदवारलाई सहयोग गरेको भन्ने विषयमा मागिएको स्पष्टिकरणमा चित्त बुझ्दा जवाफ नआएको भन्दै जोशी र ओझालाई ५ वर्षका लागि र विष्टलाई ३ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको जनाएको छ ।

प्रतिक्रिया