कस्तो छ आज दिनभरको मौसम ?
नेपालखोज
२०७७ साउन ११ गते ६:२४
काठमाडौं । जल तथा मौसम पुर्वानुमान महाशाखाकाअनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकले देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
साथै हाल नेपालको दक्षिण भू-भाग नजिक मनसुन न्युन चापिय रेखा रहेको छ । महाशाखाकाअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया