सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी, प्रतितोला ९६ हजार ३ सयमा कारोबार

नेपालखोज २०७७ साउन ११ गते ११:१७

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँमा कायम भइरहेको छ । गत शुक्रबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन प्रतितोला ५ सय रुपैयाँ बढेर सो मूल्यमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै शुक्रबार प्रतितोला ९५ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको तेजावी सुन आइतबार ९५ हजार ८ सय ६० रुपैयाँमा बिक्री भइरहेको छ ।

पछिल्लो समय चाँदीको मूल्य पनि दिनप्रति दिन बढ्दै गएको छ । साताको पहिलो दिन १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया