मोरङमा अत्यावश्यक सेवाबाहेक अन्य सबै काम तथा सेवा बन्द गर्ने निर्णय
नेपालखोज
२०७७ साउन ११ गते १७:४०
मोरङ । मोरङ जिल्लाको विराटनगर महानरपालिकाले कोरोना फैलन सक्ने भन्दै अत्यावश्यक सेवाबाहेक अन्य सबै काम तथा सेवा बन्द गर्ने निर्णय गरेको छ ।
महानगरले भोलीदेखि लागू हुने गरी नगरकार्यपालिकाको कार्यालय र वडा काार्यलयहरू समेतबाट प्रवाह हुने अति आवश्यक स्वास्थ्य, वारुणयन्त्र, सरसफाई र एम्बुलेन्स सेवा बाहेक अन्य सार्वजनिक सेवा बन्द गर्ने निर्णय गरेको हो ।
महानगरले साउन १२ गतेदेखि अर्को सूचना प्रवाह नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । नगरले नगरबासी माथि पर्न गएको असुविधा प्रति क्षमा माग्दै यस्तो सूचना जारी गरेको हो ।
हाल विराटनगर महानगरका ३७ जना कोरोना संक्रमित भएका छन् । यीमध्ये ७ जना उपचाररत छन् भने अन्य निको भएर घर फर्किएका छन् ।
सम्बन्धित
प्रतिक्रिया