‘दैनिक १८ हजार बढी पीसीआर परीक्षण गर्ने क्षमता छ’- स्वास्थ्य मन्त्रालय

नेपालखोज २०७७ साउन ११ गते १८:२२

काठमाडौं । नेपालमा दैनिक १८ हजार जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालाबाट दैनिक १८ हजार १ सय ६० जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गर्ने क्षमता रहेको बताए ।

पछिल्ला दिनमा दैनिक कम्तीमा ३ हजार ५ सय देखि बढीमा ६ हजार ३ सय ६० सम्म पीसीआर परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमको जानकारी दिँदै आएका छन् ।

डा गौतमका अनुसार पीसीआर मेसिनमा ११ वटा एक्ट्रयाक्सन मेसिन जडान भएपछि दैनिक ८ हजार ८ सय परीक्षण गर्ने क्षमता थप हुने र नयाँ सरकारी तथा निजी प्रयोगशालाहरुमा पनि ३ हजार व्यक्तिको दैनिक परीक्षण गर्ने क्षमता रहेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया