आइतबार, चैत ९, २०८१

७४ बोरा अवैध युरिया मलसहित दुई पक्राउ

नेपालखोज २०७७ साउन १२ गते १०:२९

राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले करिब ७४ बोरा युरिया मलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement

राजविराज नगरपालिका–६ स्थित न्यू सगरमाथा एग्रोभेट सेन्टरमा आइतबार प्रहरीले छापा मारेर अवैधरुपमा भण्डार गरी राखेको ती मलसहित सेन्टरका सञ्चालक स्थानीय सूर्यनारायण यादव र स १ ज ४६४ नम्बरको सवारी साधनका चालक महेन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले युरिया मल र गाडीका चालकलाई भन्सार कार्यालय तिलाठीस्थित बेल्हीमा बुझाइएको जानकारी दिए ।

प्रतिक्रिया