शुक्रबार, वैशाख ७, २०८१

बहुप्रतीक्षित ‘उचाई’ शुक्रबारदेखि सिनेमा हलमा

नेपालखोज २०७९ कार्तिक २३ गते १६:४१

काठमाडौं । नेपालको सगरमाथा आधार क्षेत्रमा छायांकन गरिएको राजश्री प्रोडक्सनको चलचित्र ‘उचाई’ कात्तिक २५ गते शुक्रबार सार्वजनिक हुँदैछ । नेपालको रमणीय दृश्यहरु समेटिएको यो चलचित्र नेपालीहरुका लागि समेत बहुप्रतीक्षीत मानिएको छ । राजश्री प्रोडक्सनले निर्माण गरेको यो चलचित्रको निर्देशन सुरज वडजत्याले गरेका हुन्।

मित्रताको कथामा आधारित उचाइमा अभिताभ बच्चन , बोमन ईरानि , अनुपम खेर , नीना गुप्ता , परिणिती चाेपडा, डेनी डेन्जोङ्पा, सारिका हसन जस्ता दिग्गज कलाकारले अभिनय गरेका छन । यो चलचित्रमा केहि नेपाली कलाकार पनि सानोतिनो भुमिकामा देखिनेछन् ।

अहिले यो चलचित्रको प्रमोसन चलिरहेछ । यसक्रममा यो चलचित्रका कलाकारहरु कपिल शर्मा शो मा प्रस्तुत भैसकेका छन् भने कलाकारहरु अमिताभ बच्चनको कौन बनेगा करोडपतिमा पनि पुगेका छन् । अमिताभले आफ्नो शो ‘कोन बनेगा करोडपति’ मा हात जोडेर दर्शकहरूलाई फिल्म हेर्न आग्रह गरेका थिए ।

उनले भनेका छन्, ‘टिकट काटेर हलमा फिल्म हेर्नुको जुन मज्जा हुन्छ, त्यो बैग्लै हुन्छ। प्लिज हामीलाई हेर्न हलमा जानुहोला। आजकल धेरै महामारी फैलिरहेको छ। त्यसैले हलमा गएर फिल्म हेर्न दर्शकहरू हिच्किचाइरहेका छन् । म हात जोडेर भन्छु, टिकट काटेर फिल्म हेरिदिनुहोस् ।’

यो चलचित्रको यो केटिको भन्ने गित पहिले नै चर्चामा आइसकेको छ जसमा कलाकारहरुले नेपाली ढाकाको टोपिमा अभिनय गरेका छन । चलचत्रमा अमिताभ , अनुपम तथा बोमन आफ्ना साथि डेनि अस्तु सेलाउन एभरेष्ट बेश क्याम्प आएको देखाईएको छ जसको गाईड परिणिती चोपडा हुन्छिन् ।

प्रतिक्रिया