मंगलबार, चैत ४, २०८१

बलिउड अभिनेत्री ऐश्वर्या र उनकी छाेरी काेराेनामुक्त

नेपालखोज २०७७ साउन १२ गते १७:३०

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चन काेराेना संक्रमण मुक्त भएका छन् । उनीहरु सोमबार अस्पतालबाट नानवटि अस्पतालबाट डिस्चार्ज भएको खबर अभिषेक बच्चनले ट्विटरमार्फत सार्वजनिक गरेका हुन् ।

Advertisement

अभिषेकले ट्वीटमार्फत,“तपाईंको माया र प्रार्थनाको लागि धन्यवाद । यसको लागि म जिन्दगीभरी ऋणि हुनेछु । ऐश्वर्या र आरध्याको रिपोर्ट नेगेटिभ आएको छ र उनीहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन । उनीहरु अहिले घरमै होला । म र मेरो बुबा भने मेडिककल टिमको निगरानीमा अस्पतालमै छौं ।” जानकारी दिएका छन् ।

बलिउड अभिनेता अमिता बच्चन र उनका छाेरा अभिषेक बच्चनलाई काेराेना संक्रमण देखिएकाे केही दिनमा बुहारी ऐश्वर्या  र नातिनी आरध्यामा पनि काेराेना पुष्टि भएकाे थियाे । उनीहरूमा १७ जुलाईमा अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया