शुक्रबार, चैत ७, २०८१

सुविसुको सेवा रिफर गरेमा बोनस पाइने

नेपालखोज २०७७ साउन १३ गते ६:४६

काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले ‘रिफरमा बोनस’ अफर ल्याएको छ । यसअन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट/टिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन् । इन्टरनेटको बढ्दो माग र विश्वसनीय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ ।

Advertisement

सुबिसु केबलनेटले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.ए, वानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ ।
त्यस्तै, क्लीयर टिभी, सुबिसु केबलनेटको एक अग्रणी केबल टेलिभिजन हो । यो नेपालको पहिलो डिजिटल केवल टेलिभिजन सेवा हो । जसले एमपेग–४ एसडी तथा एच्डी च्यानल केवलमार्फत् सेटअप बक्स प्रयोग गरी प्रसारण गर्दछ ।

प्रतिक्रिया