शुक्रबार, वैशाख १४, २०८१

कोरोना अपडेट : थप १३४३ जनामा सङ्क्रमण, २१११ जना संक्रमण मुक्त

नेपालखोज २०७७ मंसिर १८ गते १७:३८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप एक हजार तीन सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ३७ हजार पाँच सय ८९ पुगेको छ ।

त्यस्तै गएको २४ घण्टामा दुई हजार एक सय ११ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख २० हजार एक सय ६१ पुगेको छ । अब नेपालमा १५ हजार सात सय ६६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय ७६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १३ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय ५१ पुगेको छ ।

प्रतिक्रिया