देशका अधिकांश स्थानमा भारी वर्षा हुने
काठमाडौं । जन तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा सक्रिय भएसँगै आज र भोलि देशका अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
पछिल्लो ६ घण्टादेखि धनकुटा र आसपास क्षेत्रमा भारि वर्षा भइरहेको छ। त्यहाँका नदी तटीय क्षेत्र र कोशी राजमार्गमा यात्रा गर्दा सजग रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका अधिकांश स्थानमा पनि अहिले भारी वर्षा भइरहेको छ। उक्त ठाउँका मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधरलगायत साना नदीमा सतर्कता आसपाससम्म बाढी आउन सक्ने जनाइएको छ।
त्यस्तै गएरातिदेखि प्रदेश १ को इलाम, झापा र मोरङमा पनि वर्षा भएको छ। सो स्थानमा पर्ने मेची, बिरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा- रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा पानीको सतह बढेको छ ।
बुटवलको तिनाउ नदीमा आज बिहान साढे ३ बजे पानीको सतहले सतर्कता विन्दु पार गरेको थियो। उक्त नदीको तटीय क्षेत्रका बासिन्दालाई आज बिहान १० बजेसम्म सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया