सोमबार, असार १६, २०८२

पठाओ र टुटललाई दर्ता गर्ने कानुन बनाउँदै सरकार

नेपालखोज २०७७ साउन १३ गते ८:२८

काठमाडौं । टुटल र पठाओजस्ता राइड सेयरिङ कम्पनीहरूको पञ्जीकरण (दर्ता) गरी सञ्चालन गर्न सरकारले कानुन बनाउने भएको छ ।

कानुनमा यस्तो सेवासम्बन्धी व्यवस्था नभएको भन्दै पटकपटक सरकारी निकायको तारो बन्दै आएका राइड सेयरिङ कम्पनीलाई संघीय सवारी तथा यातायात व्यवस्था विधेयकमा अनुमति दिने प्रस्ताव गरिएको छ ।

टुटल र पठाओजस्ता सेवा प्रदायकलाई व्यवस्थित गर्ने गरी कानुन बनिरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

‘संघीय सवारी तथा यातायात व्यवस्था व्यवस्थित गर्ने प्रावधान विधेयकमा राखेका छौं, उनले भने, ‘विधेयक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गएको छ, संसद् चलेपछि त्यहाँ पुग्छ ।’ ऐन ल्याएर यस्ता सेवालाई व्यवस्थित गर्न खोजिएको उनले बताए ।

प्रतिक्रिया