मंगलबार, चैत ४, २०८१

ओलीको अनुपस्थितिमा नेकपाको स्थायी कमिटी बैठक सुरु

नेपालखोज २०७७ साउन १३ गते १३:२०

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओलीको अनुपस्थितिमै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

Advertisement

ओली पक्षले एकलौटी रुपमा बैठक स्थगित गरे पनि अर्को पक्षले बैठक बस्ने निर्णय गरेको हो । बैठकमा बहुमत सदस्य सहभागी भएको अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षको दाबी छ ।

आजको लागि बोलाइएको बैठक बस्ने समयभन्दा केही अघि बैठक स्थगित भएको सूचना सार्वजनिक भएको थियो । प्रचण्ड र नेपाल पक्षले केपी ओलीले एकलौटी बैठक स्थित गरेको भन्दै आफूहरु बैठक बसेरै छाड्ने बताएका थिए ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । गत असार १० गतेदेखि सुरु भएको बैठक आन्तरिक विवादका कारण पटकपटक स्थगित हुँदै आएको थियो ।

प्रतिक्रिया