बिहीबार, चैत ६, २०८१

महानगरका विद्यालयमा स्थानीय पाठ्यक्रम पढाइ हुने

नेपालखोज २०७७ साउन १३ गते १३:५८

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सबै संस्थागत र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ ।

Advertisement

महानगरले पहिलो पटक काठमाडौंँको पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेसँगै विद्यार्थीले उक्त पूर्णाङ्कको पाठ्यक्रम पढ्नु पर्ने भएको हो ।

महानगर क्षेत्रभित्र रहेका सबै संस्थागत र सामूदायिक विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म पठन–पाठन गराउनका लागि महानगरले स्थानीय विषयको पाठ्यक्रम तयार गरेको छ ।

महानगरले आफ्नो क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार, संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राकृतिक स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने उद्देश्यले यस्तो पाठ्यक्रम तयार पारेको जानकारी दिएको छ ।

प्रतिक्रिया