पहाडी जिल्लामा बाढीपहिरोको बितण्डा

नेपालखोज २०७७ साउन १३ गते २२:३२

नेपाल खोज डेस्क,
काठमाडौं । यसअघि नै बाढी तथा पहिरोबाट ठुलो जनधनको क्षति भइसकेको नेपालमा पुनः हिजोदेखि घटना भइरहेका छन् । यस वर्ष नेपालमा मनसुन सुरु भएदेखि नै बाढी तथा पहिरोले विध्वंस मच्चाएको छ ।

केहीदिन कमजोर भएर फेरि सक्रिय भएको मनसुनले लगातार वर्षा हुँदा विशेषगरि नेपालका पहाडी भू–भागमा पहिरो र तराई भू–भागमा बाढीले ठुलो जनधनको क्षति भएको छ ।

लगातारको वर्षासंगै आएको पहिरोले घर पुरिदा बाग्लुङमा ३ बालबालिकाको मृत्यु भएको छ । गएराति आएको पहिरोले तमानखोला गाउँपालिका–२ का पानबहादुर विकको घर पुरिँदा उनका १३ वर्षीय छोरा खिमबहादुर र १२ वर्षीया छोरी रीताको मृत्यु भएको छ भने निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले परिँदा तीन वर्षीया बालक समीर परियारको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । अविरल वर्षा अझै जारी रहेको बाग्लुङको बडिगाड गाउँपालिका वडां– ७ करिब १५ घर उच्च जोखिममा छन् ।

त्यस्तै, दार्चुलाको दुहुँ गाउँपालिका–३ सल्लीखेतमा पहिराले घर भत्किदा जोशी दम्पनी परिएरको जसमा रामदत्त जोशीको शव निकालिएको र उहाँकी श्रीमतीको खोजी कार्य जारी रहेको तर पहिरो ठुलो भएका कारण अझै फेला पार्न नसकेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेले बताएका छन् ।

त्यस्तै, अविरल वर्षासंगै आएको पहिरोले कालिकोटको रास्कोट नगरपालिका–१ लहरेलाका जयबहादुर शाहीको घर पुरिएको छ । जसमा जयबहादुरका छोराछोरी र श्रीमतिसहित पाँच जना वेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईले बताए ।

त्यस्तै, अविरल वर्षासंगै आएको पहिरोले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालाखेतको हस्तबहादुर सुनारको घर भत्काउँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए ।

नेपालमा यस वर्ष जेठ ३० गते मनसुन भित्रिएको थियो । हरेक वर्ष मनसुन सुरु भएपछि नेपालका प्राय पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढीले ठुलो जनधनको क्षति गर्ने गरेको छ ।

नेपालमा यस वर्ष जेठ ३० गतेदेखि साउन १२ गतेसम्मको अवधिमा देशभरबाट पहिरोमा परि १ सय २९ जनाको मृत्यु, ११८ जना घाइते,४४ जना बेपत्ता, बाढीबाट ३ जनाको मृत्यु, १ जना घाइते, तथा ६ जना वेपक्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले बताएका छन् ।

वर्षाले यसअघि नै निकै क्षति पु¥याइसकेको नेपालमा फेरि लगातारको वर्षाका कारण विपत्ति निम्तिन सक्ने आँकलन गर्दै थप सावधानी अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् । यो अवस्थामा बाढी पहिरोको उच्च जोखिममा रहेका बासिन्दाले उपयुक्त सावधानी सहित चनाखो भएर बस्नु पर्दछ ।।

प्रतिक्रिया