अबको दुई वर्षमा सुनको मूल्य ३ हजार ५ सय डलर पुग्ने अनुमान
लन्डन । अत्यन्त बलियो रहेकाे सुनको बजार आगामी दुई वर्षको अवधिमा प्रति औसत ३ हजार ५ सय डलर पुग्न सक्ने एक विश्लेषकले बताएका छन् ।
कोरोना भाइरस महामारीको चिन्ता र अमेरिका–चीनबीचको तनावका कारण सोमबार सुनको मूल्य बढेर कीर्तिमानी उच्च विन्दुमा पुगेको थियो ।
“मूल्य यो भन्दा पहिलेको १ हजार ९ सय २३ डलरबाट पनि तत्काल उकालो लाग्नु वास्तवमै महत्वपूर्ण हो,” मार्टिन प्लेस सेक्यूरिटिजका कार्यकारी अध्यक्ष ब्यारी डावेसले बताए । “यसैले मलाई यो बलियो बजार हुन थालेकोतर्फ संकेत गर्यो,” उनको विश्लेषण थियो ।
एसियामा मंगलबार मध्यान्ह् खुद्रा सुन ०.५५ प्रतिशत घटेर प्रति औंसत १९३१.२४ डलरमा कारोबार भएको थियो । “दुई वर्ष भित्रको अवधिमा ३ हजार ५सय डलरमा कारोबार हुने मैले देखेको छु,” उनले बताए ।
मूल्य पुनः बढ्नुपूर्व २ हजार डलरमा थामिने अनुमान बीएनपी परिवास वेल्थ म्यानेजमेन्टका गार्थ ब्रेगम्यानको अनुमान छ । ( एजेन्सीकाे सहयाेगमा)
प्रतिक्रिया