ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने स्थायी कमिटी बैठकको निष्कर्ष
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएको छ ।
बुधवार बसेको स्थायी कमिटीको बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने र त्यसो नभए संविधान अनुसार अगाडि बढ्ने निर्णय गरेको छ ।
त्यस्तै, आफूहरू नै पार्टी भएको र यसैमा आबद्ध भएर कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक गणतन्त्रको रक्षामा सहभागी हुन ओली पक्षमा रहेका नेताहरुलाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
अहिलेकै अवस्थामा फेरि ओलीसँग एकता नहुने पनि बैठकले निष्कर्ष निकालेको छ । ओलीले आफूले गरेका गल्तीको सार्वजनिक रूपमा माफी मागेर आत्मालोचना गर्नुपर्ने र गुटबाट माथि उठ्ने बलियो प्रतिबद्धता जनाएमा मात्रै एकताको कुरा सुरु हुन सक्नेमा पनि स्थायी कमिटीका सदस्य एकमत रहेको श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया