काठमाडौंको ह्याम्स अस्पताललाई कोरोना परीक्षणको अनुमति
काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले काठमाण्डौस्थित ह्याम्स अस्पताललाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको छ ।
यसअघि मन्त्रालयले स्टार अस्पताल र सिनामंगलस्थित केएमसी अस्पताललाई शुल्क लिएर परिक्षण गर्न अनुमति दिएको थियो । सम्पूर्ण मापदण्ड पूरा गरेकाले परीक्षणको अनुमति दिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रवक्ता राजेशकुमार गुप्ताले बताए ।
प्रवक्ता गुप्थाका अनुसार यसअघि केही मापदण्ड पूरा नगरेकाले ह्याम्पसलाई परीक्षणको अनुमति दिइएको थिएन् । अब ह्याम्स अस्पतालले अस्पतालले स्वेच्छाले परीक्षण गर्न चाहने व्यक्तिको निर्धारित ५ हजार ५ सय रुपैयाँ लिएर परीक्षण गर्न पाउने भएको छ ।
यस्तै निरोगिताको प्रमाणपत्र चाहिएका, विदेश जाने र शल्यक्रिया गर्नुपर्ने व्यक्तिको पनि परीक्षण हुनेछ । यी अस्पताल बाहेक सरकारले ४ वटा निजी ल्याबलाई यसअघि नै परीक्षणको अनुमति दिइसकेको छ ।
प्रतिक्रिया