भदौ ७ भित्र उद्योग नवीकरण गरिसक्न आग्रह
नेपालखोज
२०७७ साउन १४ गते १४:५२
काठमाडौं । उद्योग विभागले भदौ सात गतेभित्र उद्योगहरु नवीकरण गरिसक्न आग्रह गरेको छ ।
साउन ७ गतेबाट लकडाउन खुलेको र अतिरिक्त ३० दिन नवीकरणका लागि समय दिइएको अन्यथा जरिवाना लाग्ने विभागले एक सूचना जारी गर्दै उल्लेख छ ।
यस्तै आफ्नो व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थपका लागि निवेदन दिने समय पनि भदौ पहिलो सातासम्मको लागि मात्रै थप गरिएको छ ।
तर यो सबै नवीकरण गर्ने कार्यमा विदेशी लगानीकर्ताले भने थप १ महिनाको समय पाउनेछन् । उपत्यका बाहिर सञ्चालन हुनेले पनि सबै कार्यका लागि थप १ महिनाको समय पाउने विभागले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया