बारामा मास्क नलगाउने एक हजार ९३३ जनालाई कारवाही
बारा । सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्नेलाई बारा प्रहरीले कारवाही गर्ने गरेको छ । मास्क नलगाउनेलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै जरिवानासमेत तिराउने गरेको हो ।
बारा प्रहरीले हालसम्म एक हजार ९३३ जनालाई कारवाही गरिसकेको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।
मास्क नलाईकन बजार क्षेत्रमा निस्केका एक हजार ९३३ जनालाई जनही एक सय रुपियाँ जरिवाना तिराउनुका साथै प्रहरीले दुई हजारभन्दा बढी मानिसलाई माक्ससमेत बितरण गरेको प्रहरीले जनाएको छ ।
बारा प्रहरीले करिब पाँच हजार भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका अधिकांशलाई माक्स अनिवार्य लगाउनु पर्ने विषयमा सम्झाई–बुझाई छाडिएको छ ।
गृह मन्त्रालयले असार २२ गते माक्स नलगाई घर बाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । स्थानीय प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र माक्स बिना बाहिर हिँडडुल गर्ने माथि संक्रमक रोग नियन्त्रण ऐनअनुसार कारवाही गर्न निर्देशन दिएको हो ।
प्रतिक्रिया