बिहीबार, वैशाख १३, २०८१

निर्वाचित भएपछि रेणुले भनिन्- एक सेकेन्ड खाली नबसी भरतपुरलाई नमुना सहर बनाउँछु

नेपालखोज २०७९ जेठ १० गते १२:४६

भरतपुर । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले विगतका अधुरा कामहरु पूरा गर्ने जनाएकी छिन् । भरतपूरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले गरेका अपेक्षा पुरा गर्नका लागि लागिपर्ने प्रतिबद्धता जनाइन् । जनताप्रति उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता जनाउँदै उनले भरतपुरलाई नमुना सहर बनाएरै छाड्ने प्रतिबद्धता जनाइन् ।

काम गर्ने सिलसिलामा आफ्नो ठाउँबाट सक्रियता र योगदानमा कमी हुन नदिने उनको प्रतिबद्धता छ । आवश्यकता र प्राथमिकता पहिचान गरेर अघि बढ्ने बताउँदै उनले मेयरका रुपमा आफ्नो अन्तिम कार्यकाल हुने भएकाले जनताको विश्वासलाई एक सेकेन्ड पनि खेर खेर नफाली जनताको काममा लागिपर्ने जनाइन् ।

उनले चुनावी परिणाम सोचेको भन्दा पनि राम्रो भएको भन्दै खुसी व्यक्त गरेकी छन् । ३ देखि अधिकतम ७ हजारसम्मको मतान्तरसहित विजयी हुने अपेक्षाभन्दा बढी मत जनताबाट पाएको उनले जनाइन् ।

प्रतिक्रिया