सन्दीप सीपीएलका लागि ट्रिनिडाड प्रस्थान
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि ट्रिनिडाड एण्ड टोबागो प्रस्थान भएका छन् । सन्दीप १० बजे कोरियन एयरमार्फत अमेरिका हुँदै अगस्ट १ मा टोबागो पुग्ने छन् ।
सीपीएल टीम जमैका तल्लावाजबाट यो सिजनमा सन्दीप मैदान उत्रिनेछन् । जसका लागि उनले १ करोड ३० लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।
लामिछाने त्यहाँ पुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नेछन् । सीपीएलमा सहभागी हुनु अगाडि नेपालमा उनले मंगलबार कोरोना परिक्षण गराएका थिए। सानेपास्थित स्टार अस्पतालमा कोरोना जाँच गराएका सन्दीपको रिपोर्ट नेगेटिभ आएसँगै आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सन्दीप यो वर्षको सीपीएल जमैका तल्लावाजबाट खेल्नेछन् । अगस्ट १८ बाट सेप्टेम्बर १० सम्म हुने सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया