बिहीबार, चैत ६, २०८१

मध्य नाइजेरियामा एकै परिवारकाे १३ जनासहित १४ जनाको हत्या

नेपालखोज २०७७ साउन १५ गते १३:५५

अबुजा । बन्दुकधारीको एक समूहले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेका छन् ।

Advertisement

राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य छन् । उनीहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी रहेको पनि आयुबाले जानकारी दिए ।

प्रहरी प्रमुख आयुबाले बन्दुकधारीको आक्रमणका कारण अरु छ जना गम्भीर घाइते भएका छन् । आक्रमण गर्नुको खास कारण अझै थाहा हुन सकेको छैन ।

हत्या गरिएका सबैलाई बन्दुकको गोली लागेको छ । प्रहरी प्रमुख आयुबाले सुरक्षाकर्मीहरु उक्त गाउँमा पुग्नुअघि नै आक्रमणकारीहरु फरार भएको बताए । उनले घटनाको अनुसन्धान सहित आक्रमणकारीको खोजी भइरहेको जानकारी दिए  । रासस–सिन्ह्वा

प्रतिक्रिया