बिहीबार, चैत ६, २०८१

फ्लोइड हत्या जातिय विभेदको नमूना भएको अमेरिकी अधिकारकर्मीहको दावी, देशभर हिंसात्मक प्रदर्शन जारी

नेपालखोज २०७७ जेठ २३ गते १३:५९

काठमाडौँ । अमेरिकाको मिनेसोटा शहरमा भएको घटना जातिवादको महामारी भएको अधिकारकर्मीहरुले बताएका  छन् । जर्ज फ्लोइडलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा केही दिनअघि घुडाँले घाँटी थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसयता अमेरिकाका विभिन्न शहरमा हिंसात्मक घटनाहरु हुनुका साथै आगजनी, तोडफोडका घटनाहरु भइरहेका छन् ।

Advertisement

अफ्रिकन मुलुकका अस्वेत नागरिकको हत्या जातिय विभेदका चरम नमूना रहेको भन्दै लगातार प्रदर्शन भइरहेका    छन् । स्थिति नियन्त्रणमा लिन नसक्दा कतिपय शहरमा निषेधाज्ञासमेत जारी गरिएको छ ।

फ्लोइड हत्याको विरोधमा अमेरिकामा मात्र नभइ केही युरोपेली मुलुक र बेलायतमा पनि प्रदर्शनहरु भएको बताइएको  छ । फ्लोइडको हत्यामा संलग्न प्रहरीसहित केहीलाई हत्या र हत्याको प्रोत्साहनलगायतका मुद्धा लगाइएको छ ।

प्रतिक्रिया