सोमबार, जेठ ७, २०८१

स्मार्टफोन बिक्रीमा हुवावे अगाडि

नेपालखोज २०७७ साउन १५ गते १५:०६

काठमाडौं – हुवावेको स्मार्टफोन यो वर्षको पहिलो ६ महिनामा ५ करोड ५८ लाख थान बिक्री भएको छ । हुवावेले यस वर्ष अहिलेसम्म स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको हो ।

अमेरिकाले प्रतिबन्ध लगाएपनि हुवावेले अन्य स्मार्टफोन कम्पनीलाई बिक्रीमा जितेको छ । यो कम्पनीले सामसुङलाई जितेको यो पहिलो रेकर्ड भएको कम्पनीले जनाएको छ । हुवावेका सेटहरुमध्ये ७० प्रतिशतभन्दा बढी चीनमै बिक्री भइरहेको छ ।

अमेरिकाले हुवावेलाई अमेरिकी बजारमा प्रतिबन्ध लगाएको छ । दुरसंचार नेटवर्किङ उपकरण उत्पादनमा बर्चश्व कायम गर्न थालेको हुवावेलाई लिएर संयुक्तराज्य अमेरिका र चीनबीच विवाद पनि बढेको छ ।

प्रतिक्रिया