मंगलबार, वैशाख ३०, २०८२

विद्यालय खाेल्ने सरकारकाे निर्णय, क्वारेन्टाइन नबनाउन आग्रह

नेपालखोज २०७७ साउन १५ गते १५:४८

काठमाडाैं । सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयलाई क्वारेन्टाइन स्थल नबनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साउन १२ गते बसेको मन्त्रिषरिषद् बैठकले भदौ १ देखि नयाँ भर्ना कार्यक्रम संचालन गर्ने निर्णय गरेकाे थियाे । विद्यालयमा पाठ्यपुस्तक पुग्न बाँकी भएको बाँकी भए उपलब्ध गराउँदै वितरण समेत गर्न सुरु गर्ने सरकारले निर्णय गरेको हाे ।

कुनै पनि विद्यालयमा क्वारेन्टाइन संचालन नगर्न समेत सरकारले निर्देशन दिएको छ । विद्यालय नजिक काेराेनासम्बन्धी कार्य संचालन नगर्न सरकारले निर्देशन दिएको छ ।

गत वर्षकाे नतिजा प्रकाशन नगरेका विद्यालयलाई नतिजा प्रकाशन गर्न समेत सरकार आग्रह गरेकाे छ ।

 

प्रतिक्रिया