आइतबार, चैत ९, २०८१

निर्मला पन्त हत्या प्रकरण विष्टसहित ८ प्रहरीले पाए सफाइ

नेपालखोज २०७७ साउन १५ गते १६:२३

काठमाडौं । कञ्चनपुरकी १३ १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको घटनाका प्रमाण गायब बनाएको आरोप लागेका प्रहरीलाई अदालतले सफाइ दिएको छ ।

Advertisement

जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीको उक्त घटनामा संलग्नता देखिएको आशंकामा प्रहरी हिरासतमा रहेका बेला दिलीप सिंह विष्टमाथि यातना दिएको भन्ने अभियोग पनि पुष्टि नभएको अदालतले बताएको छन ।

निर्मलाकी आमा दुर्गादेवी र दीलिपसिंह विष्टका दाजु खडकसिंह विष्टले प्रमाण नष्ट गरेर दिलिपलाई यातना दिए भन्दै उनीहरुविरुद्ध जाहेरी दिएका थिए ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपाल बास्तोलाको इजलाशले प्रमाण नष्ट र यातनाविरुद्धको मुद्दामा तत्कालीन एसपी दिल्लीराज विष्टसहित ८ प्रहरीलाई सफाइ दिएको हो । एसपी विष्टसहित सफाइ पाउनेमा डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकिन्द्र खड्का, जगदीश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी हमाल  छन् ।

प्रतिक्रिया