मंगलबार, वैशाख १६, २०८२

बिहीबार काठमाडाैंमा थप ४१ जनामा देखियाे काेराेना

नेपालखोज २०७७ साउन १५ गते १६:५५

काठमाडाैं । गएकाे २४ घण्टामा काठमाडाैं जिल्लामा मात्रै थप ४१ जनामा काेराेना पुष्टि भएकाे छ ।  बिहीबार देशभर थप २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौंका ४१ सहित थप २ सय ७४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।जसमा भक्तपुर र ललितपुका २–२ जना संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर २ सय २७ जना डिस्चार्ज भएका छन् भने निको हुनेको कुल संख्या १४ हजार २ सय ४८ पुगेको छ ।  निको भएकासहित हालसम्म कूल संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना रहेका छन् भने मृत्यु हुनेकाे संख्या ५२ पुगेकाे छ ।

प्रतिक्रिया