सोमबार, चैत ३, २०८१

उद्योगमन्त्रीलाई फोनबाटै आयो एमसीसीको समर्थन गरे ज्यान मार्ने धम्की

नेपालखोज २०७७ साउन १५ गते १७:५१

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताए ।

Advertisement

बिहीबार संसदको उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा २ दिन अगाडी आफ्रलाई बझाङबाट एक जनाले टेलिफोन गरेर मार्ने धम्की दिएको बताएका हुन् ।

अस्ती मलाई बझाङ जिल्लाबाट फोन आयो उनले भने । फाेनमा एक युवकले तैले एमसीसी सम्झौताको समर्थन गरिस् भने मार्छु भनेका थिए ।

मैले भाइ तपाईले (सम्झौता) पढ्नुभएको छ भनेर साेधे उताबाट किन पढ्नुपर्‍यो पास नगर्ने भनेसि नगर्ने, पढ्ने तेरो जिम्मा हो भन्ने जवाफ आयो मन्त्री भट्टले भने ।

अहिले पनि नेपालमा कुनै पनि विषयमा पढ्दै नपढी प्रतिक्रिया जनाउनकाे संख्या बढ्दै गएको भन्दै नबुझी, नहेरी सुनेकाे भरमा प्रतिक्रिया दिनेहरू कायमै रहेकाे जानकारी दिए ।

प्रतिक्रिया