बुधबार, चैत ५, २०८१

राष्ट्र बैंकले २६ करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्दै

नेपालखोज २०७७ साउन १५ गते १९:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले रू २६ करोड बैंक तथा वित्तीय संस्थामा २७२ दिने मुद्दतीमा लगानी गर्ने भएको छ ।

Advertisement

राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकोले उक्त रकमलाई २०७७ भदौ १ गतेदेखि २०७८ जेठ १ सम्मको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले रू। २० करोड ८० लाख बराबरको मुद्दती निक्षेप वाणिज्य बैंकमा राख्ने भएको छ । यसैगरी, विकास बैंकमा रू ३ करोड ९० लाख र वित्त कम्पनीहरुमा रू १ करोड ३० लाख बराबरको रकम लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरुलाई चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई साउन १९ गते दिउँसो ४ बजेभित्र आवेदन पेश गर्न भनेको छ ।

प्रतिक्रिया