बाढी व्यवस्थापन आयोजनाका लागि एडिबीले करिब ६ अर्ब ऋण दिने

नेपालखोज २०७७ साउन १५ गते २०:२७

काठमाडौं । सरकारले प्राथमिकता प्राप्त नदी बेसिन तथा बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैंकबाट ऋण लिने भएको छ।

एडिबीबाट प्राप्त हुने ५० मिलियन (५ अर्ब ९६ करोड रुपैयाँ) को ऋण तथा अनुदान सहयोगका लागि मन्त्रिपरिषद्ले वार्ता टोली गठन गरेको छ।

साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकल् पहिरो तथा डुबानजस्ता विपदमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। विपदका कारण सोही परिवारका अन्य व्यक्तिको पनि ज्यान गएमा थप एक लाख रुपैयाँ राहत दिइने निर्णय भएको उनले जनाए।

प्रतिक्रिया