मंगलबार, वैशाख १६, २०८२

कोरोना संक्रमण हुनबाट यसरी बच्न सकिन्छ

नेपालखोज २०७७ साउन १६ गते ५:०६

१. सीधा सम्पर्क नराखौं ।

२. भीडभाडबाट बचौं । कुनै पेशागत काम गरी वा अन्य विशेष कारणले जानैपर्ने भएमा फर्किसकेपछि आफूहरुले लगाएको लुगा साबुन पानी वा सर्फले धोऔं।

३. प्रयाप्त मात्रामा झोल खानेकुरा खाऔं । जस्तैः मनतातो पानी, सूप, फलफूलको रस आदि।

४. रोगीलाई घृणा नगरौं, सहानुभूति तथा करुणा राखी सकेको सहयोग गरौं।

५. अनावश्यक चिन्ता नलिऔं । मनलाई शान्त र प्रसन्न राखौं।

६. भरपर्दो तथा आधिकारीक श्रोतबाट प्रचार गरिएको सरसल्लाह तथा सुझावलाई मनन् गरी व्यवहारमा उतारौं।

७. बुढापाकाहरू, नियमित औषधि सेवन गरिरहेका दीर्घ रोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूल विशेष सावधानी अपनाऔं।

प्रतिक्रिया