कोरोना संक्रमणदर बढ्न थालेपछि अबको रणनीतिबारे सीसीएमसी छलफलमा जुट्यो
काठमाडौं । लकडाउन खुला भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या पनि दिनप्रतिदिन बढ्न थालेको छ ।
लकडाउनमा केहि स्थिर देखिएको कोरोना संक्रमणदर लकडाउन खुला भएसंगै वृद्धि भएको छ । लामो समयसम्मको लकडाउनले नागरिकको जनजीवन अस्तव्यस्त हुन थालेपछि सरकारले साउन ६ गते राति १२ बजेदेखि लकडाउन खुला गरेको थियो ।
लकडाउन खुलेसंगै नागरिकको जनजीवन सामन्य जस्तै बन्न थाले पनि संक्रमणदर भने ह्वात्तै बढेको छ । पछिल्लो समय विशेषगरी काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्न थालेको छ । हाल कोरोना संक्रमितको संख्या बढ्न थालेपपिछ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समिति अबको रणनीतिकाबारे छलफलमा जुटेको छ ।
विशेषगरी काठमाडौं उपत्यकामा संक्रमितको संख्या वृद्धि भएपछि पुनः लकडाउन गर्नेकी अन्य विकल्प खोज्ने भन्ने विषयमा विशेषज्ञहरुसँग छलफल सुरु गरेको हो ।
केही दिनको स्थितिलाई मूल्यांकन गरी आवश्यक निर्णय लिने बताइएको छ । विगतमा जस्तो देशव्यापी र लामो समयसम्म लक डाउन नगरेर प्रभावित क्षेत्रमा मात्रै लक डाउन गर्ने तयारी भएको श्रोतको भनाइ छ ।

प्रतिक्रिया