घरमै बसेर इद उल अज्हा मनाउन आग्रह

नेपालखोज २०७७ साउन १६ गते १५:२५

काठमाडौं । मुस्लिम आयोगले घरमै बसेर इद उल अज्हा मनाउन आग्रह गरेको छ । आज एक विज्ञप्ती निकल्दै आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भोली पर्ने इद पर्वको शुभकामना दिँदै सो आग्रह गर्नुभएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले आफ्नो सुरक्षाका लागि घरमै नमाज पढेर इद पर्व मनाउन आग्रह गरिएको छ ।

‘इद उल अज्हाको नमाज पनि ५ जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्माहरु मुफ्तीहरु, नेपाली जामे मस्जिद पञ्च कश्मीरी ताकिया जामा मस्जिदका पदाधिकारीहरुको सल्लाहबमोजिम अन्य सबै आ–आफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया