शुक्रबार, असार २०, २०८२

विराटनगरमा पुनः दुई साता लकडाउन

नेपालखोज २०७७ साउन १६ गते १६:२०

विराटनगर । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ ।

समुदायस्तरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।

नगरस्तरीय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको आजको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको उनले बताए । मेयर पराजुलीका अनुसार महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेकाको छ ।

समुदायमा संक्रमणको दर बढ्दै गएकाले अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज लगाउने निर्णय गरिएको उनले बताए । यसअघि आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन खुलेसँगै खुला भएका साप्ताहिक हाटबजार पनि बन्द गर्ने, कोरोना जाँचको दायर पनि बढाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया