सोमबार, चैत ३, २०८१

सर्वोच्चद्वारा एन्फाका नाममा कारण देखाउ आदेश जारी

नेपालखोज २०७७ साउन १६ गते १९:४८

काठमाडौं। सर्वोच्च अदालतले भक्तपुर जिल्ला फुटबल संघ पुनर्गठनका विषयमा एन्फालाई कारण देखाउन आदेश जारी गरेको छ।

Advertisement

भक्तपुर जिल्ला फुटबल संघ पुनर्गठन हुनुअघिका अध्यक्ष गौतम सुजखुले अन्तरिम आदेश माग गर्दै हालेको रिटमा न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले बिहीबार एन्फाका नाममा कारण देखाउन आदेश जारी गरेको हो ।

अन्तरिम आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चले एन्फालाई आदेश दिएको छ।

त्यस्तै सुजखुले माग गरेजस्तो अन्तरिम आदेशको मागका विषयमा छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई साउन २१ गतेका लागि डाकेको छ।

एन्फाले असार २ गते भक्तपुर जिल्ला फुटबल संघ पुनर्गठन गरेको थियो। एन्फा कार्यसमितिको आपतकालीन बैठकले किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर जिल्ला तदर्थ समिति गठन गरेको थियो।

प्रतिक्रिया