कांग्रेसले थप्यो ९ वटा भ्रातृ संस्थाको म्याद
नेपालखोज
२०७७ साउन १७ गते ११:२२
काठमाडौं – नेपाली कांग्रेसले कार्यकाल सकिन लागेका भ्रातृ संस्थाहरुको म्याद ६ महिना थप्ने निर्णय गरेको छ ।
कार्यकाल सकिन लागेका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायतका ९ भ्रातृ संस्थाको कार्यकाल ६ महिना थप्ने र त्यो निर्णय आगामी केन्द्रीय समितिबाट अनुमोदन गर्ने कांग्रेसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
६ महिनाभित्र महाविधेशन गर्ने जिम्मेवारीसहित भ्रातृ संस्थाको नेतृत्व चयन भए पनि महाधिवेशन हुन नसकेपछि कांग्रेसले समय थप गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया