परिस्थिति नियन्त्रणबाहिर गए फेरि लकडाउन हुन सक्ने सम्भावना
नेपालखोज
२०७७ साउन १७ गते १४:१२
काठमाडौं । कोभिड-१९ को संक्रमण पुनःबढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ गरेको छ । सरकारले आवश्यक परे लकडाउनसम्मको तयारी गरेको छ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ । पछिल्लो समय कोभिड-१९ का बिरामी बढ्दै गएको र परिस्थिति काबुबाहिर गए लकडाउन गर्न सकिने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए ।
हालसम्म लकडाउनको तयारी छैन तर परिस्थिति भड्कियो भने जुनसुकै बेला हुनसक्छ स्वास्थ्य मन्त्री ढकालले बताए । वीरगञ्जलगायतका ठाउँहरूको घटनाले संवेदनशील बनाइरहेकोसमेत उनले बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया